धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदुरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट फिर्ता नहुने संसदिय दलको निर्णय

‘सरकारबाट फिर्ता हुने आधिकारिक जानकारी आइन सकेकोले त्यसबारे कुनै निर्णय भैसकेको छैन ।’

सुदुरपश्चिममा माओवादी नेतृत्वको  सरकारबाट फिर्ता नहुने संसदिय दलको निर्णय

नेकपा एमाले सुदुरपश्चिम संसदिय दलको बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदिय दलको बैठकले सरकारलाई झनै प्रभावकारी  बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

सुदुरपश्चिम प्रदेश सभामा माधव नेपाल पक्षीय सांसदहरुको बहुमत छ ।

यथास्थितिमा सरकारलाई प्रभावकारी बनाएर अघि बढ्ने निर्णय भएको छ । नेकपा एमालेकी सुदुरपश्चिम संसद पुर्णा जोशीले भनिन् सरकारबाट फिर्ता हुने आधिकारिक जानकारी आइ नसकेकोले त्यसबारे कुनै निर्णय भैसकेको छैन ।

एमाले स्थायी समितिको सोमबार बसेका स्थायी समितिको बैठकले सुदुरपश्चिमा माओवादी नेतृत्वको सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बजेट ल्याउने समय नजीकै आइसकेकोले  जनताका पक्षमा हुने गबिजेट निर्माणको कामलाई अघि बढाउने निर्णय भएको सांसद जोशीले बताइन् ।

एमालेकै सांसद अमर साउँदले अहिले यथास्थितिमा सरकारलाई झन प्रभावकारी ढंगले अघि बढाउने र भविष्यमा  अनुकुल समयमा एमाले नेतृत्वमा सरकार निर्माणका लागि आवश्यक पहल गर्न संसदिय दलका नेता प्रकाश शाहलाई नै  जिम्मेवारी प्रदान गर्ने निर्णय  भएको बताए । संसदिय दलका पदाधिकारी नियुक्त गर्ने र आफनो नेतृत्वमा सरकार गठनका लागि राजनैतिक दलहरुसँग, पाटीसँग समन्वय गर्न संसदिय दलका नेतालाई जिम्मेवारी दिने निर्णय भएको  छ । सांसद साउदले भने ।  

सुदुरपश्चिममा माओवादी नेतृत्वको सरकारमा एमालेका तीन मन्त्री छन् । तिनै मन्त्री माधव पक्षधर हन् ।