धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

तीन मन्त्रीलाई सोध्यो एमालेले स्पष्टीकरण

स्पष्टीकरण नबुझाएमा कारवाही गरिने पत्रमा उल्लेख छ   ।

तीन मन्त्रीलाई सोध्यो एमालेले स्पष्टीकरण

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीहरुलाई नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलद्धारा हस्ताक्षरित पत्र पठाएर तिनै जनालाई सरकारबाट फिर्ता नहुनाको स्पष्टीकरण माग गरेका हुन् ।

आर्थिक मामिता तथा याजना मन्त्रालय र आन्तरिक मामिला एवम कानुन मन्त्री प्रकाश शाह, सामाजिक बिकास मन्त्री कृष्ण सुवेदी र उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टलाई स्पष्टीकरण सोधिएको हो ।

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता  लिने र सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णयको  अवज्ञा गरेको उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको  छ ।

स्पष्टीकरण नबुझाएमा कारवाही गरिने पत्रमा उल्लेख छ   ।