धनगढी पोष्ट
शुक्रबार, १४ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ भने १ शय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ शय ५३ जनाको स्वाब परिक्षण गरिएकोमा १ शय ५३ जनामा संक्रमण भेटिएको सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा ४२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । संक्रमित मध्य आइसीयुमा १५ जनाको र भेन्टिलेटरमा २ जनाको उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा २ जना नया बिरामी अस्पतालमा भर्ना भएका छन् भने ४ जना निको भएर र होम आइसोलेसनमा ९ जना गएका छन् ।