धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
सामाजिक मन्त्री सुवेदीको सपष्टीकरण

स्पष्टीकरण सोध्ने प्रदेश अध्यक्ष र सचिव पदको बैधानिकतामा नै सामाजिक मन्त्री सुवेदीको प्रश्न

‘एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित बिधान र निर्वाचित केन्द्रिय कमिटीको निर्णय बमोजिम सुदुरपश्चिम कमिटीका अध्यक्ष र सचिव पदको व्यवस्था नरहेको विदितै छ ।’

स्पष्टीकरण सोध्ने प्रदेश अध्यक्ष र सचिव पदको बैधानिकतामा नै सामाजिक मन्त्री सुवेदीको प्रश्न

धनगढी ।  सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्ण सुवेदीले नेकपा एमालेमा सुदुरपश्चिम प्रदेश अध्यक्ष र सचिवको व्यवस्था नै नभएको भन्दै आफुलाई स्पष्टीकरण सोध्नेहरुको पदको आधिकारिकतामा प्रश्न गरेका छन् ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलााट पुनर्जिवत नेकपा एमालेको तत्कालीन हैसियत भन्दा भिन्न  सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको रुपमा मलाई पत्र पठाइएकोमा अन्यौल भएको  छ । मन्त्री सुवेदीले एमाले  प्रदेश कमिटीलाई आज (शुक्रवार) बुझाएको स्पष्टीकरणमा  भनिएको  – ‘एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित बिधान र निर्वाचित केन्द्रिय कमिटीको निर्णय बमोजिम सुदुरपश्चिम कमिटीका अध्यक्ष र सचिव पदको व्यवस्था नरहेको विदितै छ । 

नेकपा एमालेको को सुदुरपश्चिम प्रदेशक कमिटी अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले पार्टीको स्थायी कमिटीले गरेकोे माओवादी नेतृत्वको सुदुरपश्चिम  सरकारबाट समर्थन फिर्ता लिने र सरकारका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिने निर्णयको किन अवज्ञा गरेको भन्दै मन्त्री सुवेदीलाई स्पष्टीकरण सोधेका थिए  ।

सर्वोच्चको फैसलापछि एमाले २०७५ जेठ २ अघिको पुर्ववत अवस्थामा फर्र्किएको  र सुदुरपश्चिम कमिटीमा कर्ण बहादुर थापा सहसंयोजकका रुपमा  रहनु भएको स्मरण गराउँदै पत्रमा सुवेदीले लेखेका छन् ‘पत्रमा फरक फरक पदयि हैसियत उल्लेख गरिनु बिधान सम्मत देखिएन ।’