धनगढी पोष्ट
शुक्रबार, १४ जेठ २०७८ मा प्रकाशित
धनगढी
शुक्रबार सुदूरपश्चिम प्रदेशका थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य दिर्नेशनालय डोटीद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार कञ्चनपुरका २ र कैलालीका १ गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मंगलबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ८ सय ३३ एन्टिजेन परिक्षणमा १ सय ९८ तथा १ हजार ४७ पिसिआर परिक्षणमा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार मंगलबार पिसिआर परिक्षण गर्दा सेतीको परिक्षणमा १ सय ८८, डडेल्धुरा अस्पतालको परिक्षणमा ५५, कमलबजार अस्पताल अछामको परिक्षणमा ४३, महाँकाली अस्पतालको परिक्षणमा २०, र बैतडी अस्पतालको परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।