धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

मन्त्रीपरिषदले पारित गरयो १६ खर्बको बजेट, ४ बजे बजेट सार्वजनिक हुने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन् ।

मन्त्रीपरिषदले पारित गरयो १६ खर्बको बजेट, ४ बजे बजेट सार्वजनिक हुने

काठमाण्डौं ।  सरकारले आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट पारित गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँको बजेट पारित भएको वन तथा वातावरणमन्त्री प्रेम आलेले जानकारी दिए । मन्त्रिपरिषद्बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको उनले बताए ।

सरकारले आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन् ।

नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसद्मा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।  तर, पुर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन्  । उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिए पनि सरकारले अध्यादेश मार्फत नै पुर्णा बजेट ल्याउने तयारी गरेको हो ।

सरकारले बजेटमा आगामी चुनाव लक्षित कार्यक्रमहरु ल्याउने संकेत गरेको छ । शुक्रबार प्रधानमन्त्रीले गरेको सम्बोधनमा समेत त्यो संकेत  देखिएको थियो ।