सेती अस्पतालमा २ जनाको मृत्यु, २३५ जनाको कोरोना संक्रमण पुष्टि
७ शय ४८ जना मध्य २ शय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी पोष्ट
आइतबार, १६ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढमिा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । स्वाब परिक्षण गरिएका मध्य २ शय ३५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४९ बर्षीउ पुरुषको आज (आइतबार) बिहान चार बजे र पुनर्वास नगरपालिका वडा नम्बर ३ का ५५ बर्षीय पुरुषको आज (आइतबार) दिउसो १ बजे मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा स्वाब परिक्षण गरिएका ७ शय ४८ जना मध्य २ शय ८२ जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
अहिले अस्थायी कोरोना अस्पतालमा ४७ जनाको र इमर्जेन्सीमा ६ जनाको उपचार भैरहेको छ ।