धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीका कुन पालिकाले कति पाउदँदैछन् संघीय अनुदान ?

संघीय सरकारबाट सबै भन्दा बढी धनगढी उपमहनगरपालिकाले ८८ करोड ३५ लाख पाउने भएको छ ।

कैलालीका कुन पालिकाले कति पाउदँदैछन् संघीय अनुदान ?

धनगढी । कैलालीका  १३ पालिकाहरुले  संघीय सरकारबाट आर्थिक बर्ष २०७८।२०७८ मा   ६ अर्ब ५ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

संघीय सरकारबाट सबै भन्दा बढी धनगढी उपमहनगरपालिकाले ८८ करोड ३५ लाख पाउने भएको छ ।  संघीय सरकारले पालिकाहरुलाई  समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान  र समपुरक अनुदान दिने गरेको छ

कैलालीका नगरपालिकाहरु मध्य सबै भन्दा बढी लम्कीचुहा नगरपालिकाले ६० करोड ५० लाख पाउने भएको  छ । गोदावरी नगरपालिकाले ५९ करोड ४० लाख, घोडाघोडी नगरपालिकाले ५८ करोड २ लाख, टीकापुर नगरपालिकाले ४९ करोड ५३ लाखगौरीगंगा नगरपालिकाले ३९ करोड ७१ लाख र भजनी नगरपालिकाले ४३ करोड ३० लाख संघीय अनुदान पाउने छन् ।

यस्तै कैलारी गाउपालिकाले ४२ करोड ११ लाख, चुरे गाउपालिकाले २९ करोड ५८ लाख, जानकी गाउपालिकाले ४१ करोड ६६ लाख, जोशीपुर गाउपालिकाले २९ करोड ४७ लाख, बर्दगोरिया गाउपालिकाले ३० करोड ९६ लाख र मोहन्याल गाउपालिकाले ३३ करोड १३ लाख संघीय अनुदना पाउनेछन् ।