एमसीसी कार्यन्वयनका लागि बजेट छुट्याइनु राष्ट्रघात– नेता रावल

रावल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको अध्ययनका सन्दर्भमा गठन गरेको कार्यदलका सदस्य समेत थिए ।

एमसीसी कार्यन्वयनका लागि बजेट छुट्याइनु राष्ट्रघात– नेता रावल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले अमेरिकी आर्थिक अनुदान सहायता  मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी ) कार्यान्वयनका लागि बजेट छुट्याइनुलाई राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै रावलले नेपाललको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा घात पार्ने एमसीसी संसदबाट अनुमोदन नभएको अवस्थामा त्यसको कार्यान्वयनका लागि  बजेट विनियोजन गर्न नमिल्ने बताएका छन् ।

नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो, रावलले ट्वीटरमा लेखेका छन्, ‘यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं ।

एमसीसी सम्झौतामा राष्ट्रघाती प्रावधानहरु रहेको दाबी गर्ने रावल सम्झौताका केही प्रावधानलाई परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् ।

रावल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको अध्ययनका सन्दर्भमा गठन गरेको कार्यदलका सदस्य समेत थिए ।