मजदुरका लागि राहत प्याकेज घोषणा गर्न कांग्रेस संसदिय दलको माग
रावलले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवंम समयानुकुल ल्याउन समेत सरकारलाई सुझाव दिइने बताए ।
धनगढी पोष्ट
आइतबार, १६ जेठ २०७८ मा प्रकाशित
धनगढी । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलले निषेधाज्ञाले मारमा परेका मजदुरहरुका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।
दैनिक ज्ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण सबै भन्दा बढी प्रभावित हुन पुगेका कारण उनीहरुका लागि तत्काल राहतका प्याकेज ल्याउन आज (आइतबार) बसेको संसदिय दले माग गरेको हो ।
सरकार मजदुरका समस्याप्रति जिम्मेवार नदेखिएको भन्दै संसदीय दलका नेता डा. रण बहादुर रावलले यसबारेमा सुदुरपश्चिम सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।
रावलले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवंम समयानुकुल ल्याउन समेत सरकारलाई सुझाव दिइने बताए ।