धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

एमाले सुदुरपश्चिमद्धारा छ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशनको सिफारिश

संसदिय दलको उक्त निर्णयको लगत्तै पुनर्गठित सुदुरपश्चिम सरकारमा एमालेका ३ जना मन्त्री र  ३ जना राज्यमन्त्री बनेका थिए । संसदिय दलको सचेतकमा दुर्गा कुमारी कामी नियुक्त भएकी थिइन् ।

एमाले सुदुरपश्चिमद्धारा छ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशनको सिफारिश

धनगढी   सुदुरपश्चिम सरकारमा नियुक्त भएका मन्त्री एमाले संसदिय दलका सचेतक सहित सात जनाले स्पष्टीकरण नबुझाएपछि नृकपा एमाले सुदुरपश्चिम समितिले कारवाहीको सिफारिश गरेको

तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि सातै जनालाई कारवाहीकको सिफारिश गरिएको एमाले सुदुरपश्चिम कमिटीका सचिव राजेन्द्र रावलले बताए

हामीले  स्पष्टीकरण आउँछ कि भनेर हिजा  (आइतबार) साँझसम्म पनि प्रतिक्षा गरयौं सचिव रावलले भने तर स्पष्टीकरण नआएपछि पार्टीको केन्द्रमा उहाँहरुलाई कारवाहीको सिफारिश गरेका छौं  

कारवाहकिो सिफारिश हुनेहरुमा  पुनः गठिन मन्त्रमिण्डलका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज   एमाले संसदिय दलकी सचेतक दुर्गाकुमारी कामी रहेका छन्

पार्टीको स्थायी कमिटी सुदुरपश्चि समितिकको निर्णय विपरीत प्रदेश सरकार संसदिय दलको सचेत पदमा  सहभागी भएकको भन्दै एमाले प्रदेश कमिटीले  २४ घण्टाभित्र शनिबार स्पष्टीकरण मागेको थियो

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो   संसदिय दलको उक्त निर्णयको लगत्तै पुनर्गठित सुदुरपश्चिम सरकारमा एमालेका जना मन्त्री   जना राज्यमन्त्री बनेका थिए संसदिय दलको सचेतकमा दुर्गा कुमारी कामी नियुक्त भएकी थिइन्

एमाले सुदुरपश्चिम कमिटीले यसअघि नै प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश शाह, पुर्व सामाजिक बिकास मन्त्री कृष्ण् सुवेदी उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीबाट निष्काशनको सिफारिश गरिसकेको