धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीमा सेनाद्धारा २५ शैयाको अस्पताल  सञ्चालन

सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा स्थापना भएको अस्पतालबाट हाल जनरल वार्ड र ल्याब सम्बन्धी सेवा प्रवाह भइरहेको छ ।

धनगढीमा सेनाद्धारा २५ शैयाको अस्पताल  सञ्चालन

धनगढी :  धनगढीको बोराडाडीमा नेपाली सेनाले २५ शैयाको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज (सोमबार) उद्घघाटन गरेपछि अस्पताल शुरु भएको हो ।

सेना स्रोतका अनुसार अस्पतालबाट नेपाली सेनामा कार्यरत  वर्तमन तथा  पूर्व कर्मचारी र तिनका परिवारलाई उपचार गरिनेछ ।

सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा स्थापना भएको अस्पतालबाट हाल जनरल वार्ड र ल्याब सम्बन्धी सेवा प्रवाह भइरहेको छ ।