धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

संसद पुनस्र्थापना नभए बिपक्षी गठबन्धन चुनाबी गठबन्धनसम्म जाने तयारी

शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सुरु भएको यो गठबन्धन एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको गठबन्धन बिरुद्ध थप लामो समयसम्म जाने नेताहरुले बताएका छन् ।

संसद पुनस्र्थापना नभए बिपक्षी गठबन्धन चुनाबी गठबन्धनसम्म जाने तयारी

काठमाडौं । शेर बहादुर देउवालाई प्रधामन्त्री बनाउनु पर्ने माग राखेर सर्वोच्च अदालत पुगेको बिपक्षी गठबन्धन प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने  तयारीमा लागेको छ । प्रतिनिधि सभा पुनःस्थापना हुनेमै आशा रहे पनि चुनावसम्मको तयारीसर्वोच्च अदालतमा रिट हाल्न गएका दलहरुको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल प्रतिनिधि सभा बिगठन र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दखै १ शय ४६ सांसदको हस्ताक्षर सहित अदालत पुगेका हुन् ।

शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सुरु भएको यो गठबन्धन एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको गठबन्धन बिरुद्ध थप लामो समयसम्म जाने नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा पुनःस्थापना भए पनि सबै भन्दा ठूलो दलको रुपमा ओली नेतृत्वको एमाले कायमै रहन्छ । लोकतन्त्र संरक्षणको सुनिश्चित नभएसम्म विपक्षी मोर्चा कायम हुने बताउँदै चुनावसम्म तालमेल हुनसक्ने नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले संकेत गरे । लोकतन्त्र संरक्षण सुनिश्चित नभएसम्म गठबन्धनबीचको तालमेल, सहकार्य र सहमति कायम रहन्छ । त्यसलाई अगाडि बढाउनु पर्छ भन्ने सबै नेताहरुको धारणा छ, खाँडले भने, ‘लोकतान्त्रिक पद्धति र मूल्य पद्धति आत्मसात गरेका राजनीतिक दलहरुले न्यायपालिकाले स्वतन्त्र, निष्पक्ष र विवेकसम्मत ढंगले निर्णय गर्छ भन्ने छ ।

न्यायपालिकाले संविधान अनुकूलको निर्णय गरे पनि यो गठबन्धन रहिरहन्छ । किनकि सदन सामना गर्न पनि हामीलाई गठबन्धन चाहिन्छ । सडकमा जानु परयो भने पनि गठबन्धन चाहिन्छ ।

केपी ओलीको प्रतिगमन नसच्चिदासम्म संयुक्त मोर्चा कायम हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रतिगमन विरुद्धको मोर्चा बनाएकाले त्यो नसच्चिए चुनावसम्मै कायम रहने उनले आकलन गरे । यो प्रतिगमन विरुद्धको संघर्षको क्रममा निर्माण भएको मोर्चा हो । प्रतिगमन विरुद्धको संघर्ष र लोकतन्त्रलाई रक्षा गर्ने सवालमा जति हदसम्म आवश्यक हुन्छ, त्यति हदसम्म मोर्चाबन्दी गर्ने काम हुन्छ श्रेष्ठले भने, ‘प्रतिगमन विरुद्धको संघर्षको मोर्चा बनेकाले आवश्यक परेमा चुनावसम्म त्यस्तो हुन सक्छ ।