धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले १ शय १८ मत प्राप्त गरेका छन् ।

राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृृगनारायण पाण्डे विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई ५ शय ४६ मतभारले हराउँदै नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष् ) को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाण्डेले ४ हजार १ शय ४० मतभार प्राप्त गरे भने खड्काले ३ हजार ५ शय ९४ मतभार प्राप्त गरे । स्थानीय तहमा नेकपा एमालेका खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले १ शय १८ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश सभाबाट खड्काले ४० र पाण्डेले ४२ मत प्राप्त गरेका छन् ।

पाण्डे यसअघि कपिलवस्तु जिल्ला २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यको निर्वाचन लड्नु अघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए । चुनाव लड्न उनी एमालेमा प्रवेश गरे ।

केही दिनअघि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस सहितको गठबन्धले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो ।

सोमबार भएको निर्वाचनमा २ हजा  ९७ मत खसेको थियो । ३ शय मतदाता रहेकोमा प्रदेश सभाको सबै मत ८३ खस्यो । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २ शय १२ मध्ये १ मत बदर भएको थियो । २ शय ११ मतमध्ये पाण्डेले १ शय १८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत पाए ।

स्थानीय पालिकाको भने तीन मत खसेन । स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले निर्वाचन बहिष्कार गरेका थिए । रनरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।यी दुवै जना बिरामी भएर उपचारमा रहेकाले मतदानमा सहभागी हुन नसकेको पाइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।