धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एमाले स्थायी समितिको बैठक बस्दै, सुदुरपश्चिमबाट सिफारिश भएकालाई गर्ला त कारवाही ?

एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

एमाले स्थायी समितिको बैठक बस्दै,  सुदुरपश्चिमबाट सिफारिश भएकालाई गर्ला त कारवाही ?

काठमाण्डौं   पटकपटक स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्ने भएको यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो

  बैठक आज  (मंगलबार)  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले बताए

यसअघिको बैठकले प्रतिनिध सभाका १२ सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने बताए

नेकपा एमाले सुदुरपश्चिम कमिटीका सचिव राजेन्द्र रावल प्रदेशबाट पठाईको सिफारिशका आधारमा स्थायी समितिको बैठकले कारवाही गर्ने बताउँछन् हामीले कारवाहीको सिफारिश गरेर पठाइसकेका छौं सचिव रावलले भने स्थायी कमिटीको बैठकले कारवाही गर्छ

कारवाहकिो सिफारिश हुनेहरुमा  सुदुरपश्चिमको पुनः गठिन  मन्त्रमिण्डलका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज   एमाले संसदिय दलकी सचेतक दुर्गाकुमारी कामी रहेका छन्

 एमाले सुदुरपश्चिम कमिटीले यसअघि नै प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश शाह, पुर्व सामाजिक बिकास मन्त्री कृष्ण् सुवेदी उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीबाट निष्काशनको सिफारिश गरिसकेको

  पार्टीको स्थायी कमिटी सुदुरपश्चि समितिकको निर्णय विपरीत प्रदेश सरकार संसदिय दलको सचेत पदमा  सहभागी भएकको भन्दै एमाले प्रदेश कमिटीले  २४ घण्टाभित्र शनिबार स्पष्टीकरण मागेको थियो

 एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो   संसदिय दलको उक्त निर्णयको लगत्तै पुनर्गठित सुदुरपश्चिम सरकारमा एमालेका जना मन्त्री   जना राज्यमन्त्री बनेका थिए संसदिय दलको सचेतकमा दुर्गा कुमारी कामी नियुक्त भएकी थिइन्