धनगढी पोष्ट
मङ्गलबार, १८ जेठ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमाले सुदुरपश्चिम संसदिय दलले सोधेको स्पष्टीकरको प्रदेश सभा सदस्य पठान सिंह बोहराले जवाफ दिएका छैनन् । स्पष्टीकरण आइतबार साँझसम्म दिइसक्नु पर्ने भए पनि बोहराले अझै दिएका छैनन् ।
एमाले सुदुरपश्चिम संसदिय दलका नेतालाई पार्टीले कारवाहीको सिफारिश गरिसकेकोले आफुले स्पष्टीकरण दिन आवश्यक नठानेको बोहराले बताए । “स्पष्टीकरण दिनुको कुनै अर्थ छैन ।” सुदुरपश्चिम प्रदेशका पुर्व मन्त्री समेत रहेका बोहराले भने “अनि किन स्पष्टीकरण दिनु ?”
आपनो इमेलमा स्पष्टीकरणको पत्र आएको उल्लेख गर्दै बोहराले भने “पार्टीबाट अनुशासनको सिफारिशमा परेका व्यक्तिले पार्टीमा रहेका व्यक्तिलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद भयो ।”
एमालेले संसदिय दलका नेता सहितकालाई चाडै कारवाही गर्ने दावी गदै बोहराले भने “अब चाँडै कारवाहीमा पर्दैछन्, मैले के जवाफ दिइरहनु परयो र ?”
संसदिय दलको बैठकको निर्णयका बिरुद्धमा बोलेको भन्दै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य बोहरासंग स्पष्टीकरण मागेको थियो । दलकको बैठकमा स्वयम उपस्थितिमा भएर गरिएका निर्णयहरुका विरुद्ध बोलेको र दलका अन्य सदस्य तथा पार्टी पंक्ति समेत उक्साउने र भडकाउने दुराशयले गुटबन्दी गरेको भन्दैै संसदिय दलका नेता प्रकाश शाहले स्पष्टीकरण सोधेका थिए ।