धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

स्वगन्धाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई रोगिलाई छिटो संक्रमण मुक्त बनाउन सहयोग पुग्नेको छ भने जेठी मधुले कफ हटाई खोकी निकोपार्ने तथा घाँटीमा देखिने अन्य समस्या निको पार्न समेत काम गर्ने गरेको छ ।

गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

धनगढी गेटा मेडिकल कलेजमा निर्माण गरिएको कोरोना स्याहार केन्द्रलाई प्रादेशिक आयुवेद चिकित्सालयले आयुवेर्दिक औषधी वितरण गरेको छ । कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगिको मनोबल उच्च बनाउन औषधी वितरण गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डाक्टर खगेन्द्र वमले बताए ।

 उनका अनुसार कोरोना स्याहार केन्द्रलाई अस्वगन्धा र जेठी मधु वितरण गरिएको छ । दुई वटै आयुर्वेदिक औषधी कोरोना संक्रमण निको पार्न महत्वपूर्ण मानिएका उनले बताए । दुई वटै आयुर्वेदिक औषधी कोरोना संक्रमितका लागि देश भर प्रयोग भइरहेका छन्निर्देशक वमले भने– ‘भारतमा पनि यो औषधीको प्रयोग भइरहेको छ ।

 अस्वगन्धाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई रोगिलाई छिटो संक्रमण मुक्त बनाउन सहयोग पुग्नेको छ भने जेठी मधुले कफ हटाई खोकी निकोपार्ने तथा घाँटीमा देखिने अन्य समस्या निको पार्न समेत काम गर्ने गरेको वमले बताए ।  यी औषधीको सेवनले अन्य रोग संग लड्ने क्षमताको समेत विकास गर्ने उनले बताए ।   आयुर्वेदिक औषधीको सेवनले शरीरमा नकारात्मक असरे गर्दैननिर्देशक वमले भने– ‘शरीरमा अन्य रोग संग लड्ने क्षमताको समेत राम्रो विकास हुन्छ ।

 औषधी बुझ्दै कोरोना स्याहार केन्दका संयोजक तथा गोदावरी नगरपालिकाका प्रबक्ता शर्मा भट्टले आयुवेर्दिक र्आषधीको प्रभाव राम्रो हुने गरेको बताए । पहिलो चरणमा कोरोना संक्रमण फैलिदा क्वारेन्टाईनमा रहेका नागरिकलाई आयुवेर्दिक औषधी वितरण गरेका थियौंउनले भने–‘जसका कारण धेरै विरामी सहजै निको भएका थिए, अहिले पनि हामीले रोगिलाई आयुर्वेदिक औषधी दिने गरेका छौं ।

 उनले तत्कालका लागि स्याहार केन्द्रमा रहेका ९ जना विरामीलाई आयुवेर्दिक औषधी वितरण गरिने बताए ।