धनगढी पोष्ट बिहिबार, २२ जेठ २०८२   June 5, 2025

सुदुरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री जोशीलाई

जोशी गत शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएकी थिइन् ।

सुदुरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री जोशीलाई

धनगढी । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले  सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् ।

सुदुरपश्चिम मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जोशीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

जोशी गत शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएकी थिइन् ।
सरकारका यसअघिका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री मन्त्री शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।