धनगढी पोष्ट
बुधबार, १९ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम सरकारले जेठ २१ गते बजेट अधिबेशन शुरु गर्ने निर्णय गरेको छ ।
सरकारले गरेको यसै निर्णयको सिफारिशका आधारमा सुदुरपश्चिम प्रदेश सभाका सभामुखले अधिवेशनको आव्हान गर्नेछन् ।
सुदुरपश्चिम मन्त्रीपरिषदको आज (बुधबार) बसेको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।