धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीमा थपियो निषेधाज्ञा,  किराना, फलफुल, तरकारी र डेरी हप्तामा चार दिन खुल्ने

कैलाली जिल्लाम निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ ।

कैलालीमा थपियो निषेधाज्ञा,  किराना, फलफुल, तरकारी र डेरी हप्तामा चार दिन खुल्ने

धनगढी । केही खुकुलो बनाउदै कैलाली जिल्लाम निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले किराना पसल, फलफुल, तरकारी, डेरी  र बैंक तथा बित्तीय संस्था सञ्चालनमा केही खुकुलो गर्दै निषेधाज्ञा थपको आदेश आज (बिहीवार) जारी गरेका छन् ।

थपिएको निषेधाज्ञा जेठ २१ गतेदेखि लागु हुनेछ । यसअघि जारी  गरिएको निषेधाज्ञाको आदेश आज (बिहीवार ) राति १२ बजे सकिदैछ ।

भोलि (शुक्रवार) देखि तरकारी, फलफुल, खाद्यान्न, दुध, डेरी, मासु,, खानेपानी, ग्यास पसलहरु आइतबार, मंगलबार, बिहीवार र शनिबार बिहान ७ देखि दश बजेसम्म खुल्नेछन् ।   

यसअघि यी पसलहरु हप्तामा तीन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने गरेका थिए ।