धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीमा  बीमा,  बैंक तथा बित्तीय संस्थाहरु दैनिक चार घण्टा खुल्ने

बीमा,  बैंक तथा बित्तीय संस्थाहरु ५० प्रतिशत मात्र कर्मचारीहरु राखेर जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरेर सञ्चालन गर्नु पर्नेछ ।

धनगढी । कैलाली जिल्लामा भोलि (जेठ २१ गते) देखि बीमाबैंक तथा बित्तीय संस्थाहरु प्रत्येक चार घण्टा खुल्ने भएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले  पाँचौ  पटक जारी गरेको निषेधाज्ञाको आदेशमा बीमाबैंक तथा बित्तीय संस्थाहरु दैनिक चार खुल्ने व्यवस्था गरेर निषेधाज्ञा  जेठ ३ गतेसम्म लम्ब्याएका छन् ।

थपिएको निषेधाज्ञा जेठ ३१ गतेदेखि लागु हुनेछ । यसअघि जारी  गरिएको निषेधाज्ञाको आदेश आज (बिहीवार ) राति १२ बजे सकिदैछ ।

भोलि (शुक्रवार) देखि  बीमाबैंक तथा बित्तीय संस्थाहरु  बिहान सात बजेदेखि ११ बजेसम्म खुल्नेछन्  ।  बीमाबैंक तथा बित्तीय संस्थाहरु ५० प्रतिशत मात्र कर्मचारीहरु राखेर जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरेर सञ्चालन गर्नु पर्नेछ ।

निषेधाज्ञाको अवधिमा एउटा स्थानीय तहमा  दुई वा सो भन्दा शाखा भएका बीमाबैंक तथा बित्तीय संस्थाहरुले बैकल्पिक रुपमा एक मात्र  शाखा खोल्नु पर्ने  निषेधाज्ञाको आदेशम उल्लेख छ ।

गते बैशाख १६ गते पहिलो पटक निषेधाज्ञा शुरु भएको समयदेखि नै बीमा, बैंक तथा बित्तीय संस्थाहरुले राजश्व बाहेकका  कारवोवार प्रविधिको प्रयोगबाट गर्नु पर्ने व्यवस्था गरिएको थियो ।