ब्ल्याक फंगसको संक्रमणबाट सेती अस्पतालमा एक जनाको मृत्यु

पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती व्यक्तिको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो ।

ब्ल्याक फंगसको संक्रमणबाट सेती अस्पतालमा एक जनाको मृत्यु

धनगढी ।  सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान करिब सात बजे  ब्ल्याक फंगस (कालो ढुसी) लागेका  कैलालीको बर्दगोरिया नगरपालिका६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

 जेठ १७ देखि अस्पतालको आईसीयूमा  उपचार गराइरहेका ती व्यक्तिलाई ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उपचार भइरहेको थियो ।

श्रेष्ठका अनुसार पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती व्यक्तिको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो ।