धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा ५६ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा अहिले कोरोना संक्रमित ५२ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टाम ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । 

पीसीआर बिधिबाट ४ शय ६७ जनाको  स्वाब परिक्षण गरिएकोमा धनगढीका पुरुष १५ र महिला १४ गरि २९ जनामा कोरोना संक्रमण भेटिएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अरु पालिकाहरुका पुरुष ९ र महिला ५ गरि १४ जना र कैलाली बाहेका अरु जिल्लाका ८ पुरुष र ५ महिला गरि १३ जना रहेका छन्

सुचना अधिकारी श्रेष्ठका अनुसार कोभिड अस्थायी अस्पतालमा अहिले कोरोना संक्रमित ५२ जनाको उपचार भैरहेको छ । संक्रमित मध्य भेन्टिलेटरमा ३ जना, आइसीयुमा १३ जना रहेका छन् भने ३६ जनाले अक्सिजन लिइरहेका छन् ।

पछिल्लो २४ घण्टामा अस्पतालमा १० जना कोरोना संक्रमित भर्ना भएका छन् भने २ जना निको भएर घर फर्किएका छन् ।