धनगढी पोष्ट
बिहिबार, २० जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिममा बिहीवार गरिएको परिक्षणमा ३ शय २८ जनामा संक्रमण पुस्टि भएको छ । कोरोना संक्रमित चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कोरोना संक्रमित कैलालीका २ जना, कञ्चनपुरका १ जना र बझाङका १ जना गरि ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७ शय ८२ नमुना पीसीआर बिधिबाट परिक्षण गर्दा १ शय ८३ जना र ४ वटा सीमा नाकामा १ हजार ५ सय ५१ नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा १ शय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयलका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ शय ७१ जनाको नमूना परीक्षण गर्दा ५६ जना, महाकाली अस्पतालमा २१ नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७३ जनाको नमुना परीक्षण गर्दा २२ जना, बझाङमा ९३ जनाको नमुना परिक्षण गर्दा १८ जना, डोटी अस्पतालमा ५२ जनाको परिक्षण गर्दा ३२ जना र अछामको कमलबजार प्रोगशालामा ७२ जनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएकोे छ ।
सुदुरपश्चिममा बिहीबार १ हजार ३ शय २८ जना निको भएर घर गएका छन् ।