धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

सुदुरपश्चिमको बजेट अधिवेशन आज  दिउसो ३ बजेदेखि

प्रदेश सरकारले बजेट ल्याउनु भन्दा १५ दिन अघि नै प्रदेश  सभाको आव्हान गर्नु पर्ने भए पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मन्त्रीमण्डल पुनगर्ठनमा लागेकोले  प्रदेश सभा ढिलो भएको हो ।

सुदुरपश्चिमको बजेट अधिवेशन आज  दिउसो ३ बजेदेखि

धनगढी ।  सुदुरपश्चिम प्रदेशको बजेट अधिवेशन आज (शुक्रवार) दिउँसो शुरु हुँदैछ । सुदुरपश्चिम पश्चिम प्रदेश सभाले दिउसो ३ बजे सभाको आठौं अधिवेशन शु रु हुने सुचना प्रकाशन गरेको  छ ।

सुदुरपश्चिम सरकारको आव्हानमा प्रदेश प्रमुख गंगा प्रसाद यादबले प्रदेश सभाको आव्हान गरेका हुन्  ।

प्रदेश सरकारले बजेट ल्याउनु भन्दा १५ दिन अघि नै प्रदेश  सभाको आव्हान गर्नु पर्ने भए पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मन्त्रीमण्डल पुनगर्ठनमा लागेकोले  प्रदेश सभा ढिलो भएको हो ।

प्रदेश सरकारले  असार १ गते  बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।