धनगढी पोष्ट
शुक्रबार, २१ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रवार कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । अस्पतालमा स्वाब परिक्षण गरिएका मध्य ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६ शय ५७ जनाको पीसीआर बिधिबाट स्वाब परिक्षण गरिएको थियो ।
अस्पतालमा ४८ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । पछिल्लो२४ घण्टामा ८ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् भने १० जना निको भएर घर र होम आइसोलेसनमा गएका छन् ।
अस्पतालमो आइसीयुमा १४ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भैरहेको छ ।