धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एमालेले समर्थन फिर्ता लगिसकेको भन्दै बोहराले मागे  सुदुरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

शुक्रबार शुरु भएको प्रदेश सभाको आठौं अधिवेसनको क्रममा उनले आफ्नो सिटबाट उठेर बोल्दै समर्थन फिर्ता लगिसकेकोले प्रदेश सभामा नेकपा एमाले ( प्रतिपक्ष भएको र  आफुहरुको लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

एमालेले समर्थन फिर्ता लगिसकेको भन्दै बोहराले मागे  सुदुरपश्चिमका  मुख्यमन्त्रीको राजीनामा

धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमता परिसकेको भन्दै नेकपा एमालेका प्रदेश सभा सदस्य पठान सिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

नेकपा एमालेले  माओवादी नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन  फिर्ता लगिसकेकोले सरकार अल्पमतमा परेका भनदै  मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बोहराले बताए ।

शुक्रबार शुरु भएको प्रदेश सभाको आठौं अधिवेसनको क्रममा उनले आफ्नो सिटबाट उठेर बोल्दै समर्थन फिर्ता लगिसकेकोले प्रदेश सभामा नेकपा एमाले ( प्रतिपक्ष भएको र  आफुहरुको लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

नेकपा एमालेले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको प्रदेश सभालाई समेत जानकारी गराइसकेकोले आफहरुको प्रतिपक्षको रुपमा सिटिंगको व्यवस्थापन गर्नु पर्ने बोहराले बताए ।