धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदुरपश्चिमका  आले र ठगुन्ना सहित एमालेका १३ मन्त्री पदमुक्त

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ बाहेक अन्य सबै मन्त्री पदमुक्त हुन लागेको एक उच्चस्रोतले जनाएको छ ।

काठमाण्डौं  ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने क्रममा  नेकपा एमालेबाट सरकारमा सहभागी भएका चार जना बाहेक अरु सबै मन्त्री पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई मन्त्री  समेत रहेका छन् ।

प्रधानमन्त्री ओलीले आज (शुक्रवार) राति आठ बजे  जसपाका नेताहरुलाई मन्त्रीमण्डलमा सहभागी गराएका  छन् ।

त्यसक्रममा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ बाहेक अन्य सबै मन्त्री पदमुक्त हुन लागेको एक उच्चस्रोतले जनाएको छ ।

 पदमुक्त हुन लागेकामा सुदुरपश्चिमका  साँंसद रहेका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना  र बन तथा वातावरण मन्त्री प्रेम आले सहित नौ जना रहेका छन् ।  एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त भएका छन् । 

अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री भएका छन् ।