धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा प्रदेशमा ४ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका २ जना, कञ्चनपुरका ३ जना, डडेल्धुराका २ जना र बझाङका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ११९ नमुना पीसीआर तथा ४ वटा सीमा नाकामा १ हजार ५ सय ४३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ जनाको नमूना परीक्षण गर्दा ५१ जना, महाकाली अस्पतालमा ६५ नमूना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा १०२ जनाको नमुना परीक्षण गर्दा ३१ जना, डोटी अस्पतालमा २९ जनाको परिक्षाण गर्दा २७ जना र अछामको कमलबजार प्रोगशालामा ६४ जनाको परिक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।