धनगढी पोष्ट
शनिबार, २२ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पतालमा शनिबार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ८१ बर्षीय पुरुषको शनिबार दिउसो १ बजे मृत्यु भएको हो ।
अस्पतालको प्रयोगशालामा १ शय ८९ जनाको स्वाब परिक्षण गरिएको थियो । परिक्षणमा संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका पुरुष ६ र महिला ९ गरि १५ जना, धनगढी बाहेकका कैलालीका पालिकाहरुका ५ पुरुष र ७ महिला गरि १२ र कैलाली बाहेकका जिल्लाका १ महिला रहेका छन् ।
अस्पतालको अस्थायी कोभिड अस्पतालमा ४९ जना र इमर्जेन्सीमा ९ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । भर्ना भएमा मध्य भेन्टिलेटरमा २ जना, आइसीयुमा १५को उपचार भैरहेको छ भने ३३ जनालाई अक्सिजन लिइरहेका छन् ।
पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना कोरोना संक्रमितको अस्पतालमा भर्ना भएको छ ।