दार्चुलाको छांगरु र तिंकर पुग्यो डिआइजी नेतृत्वको टोली
निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए ।
धनगढी पोष्ट
आइतबार, २३ जेठ २०७८ मा प्रकाशित
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्यास गाउँपालिकाको वडा नम्बर १ को छांगरु र तिंकरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी ) प्रकाश अधिकारी नेतृत्वको टोली पुगेको छ ।
डिआइजी नेतृत्वको टोली पुगेको क्षेत्र भारतले अतिक्रमण गरेके क्षेत्रसँगै जोडिएको छ । डिआइजी अधिकरी नेतृत्वको टोलीले भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिने बताइएको छ ।
अक्रिमित क्षेत्र नजीकै सीतापुलमा प्रहरीको भवन निर्माण शुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नु परेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआईजी अधिकारी तिंकर प्रहरी चौकी पुगेका हुन् ।
निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए ।
डिआइजी अधिकारीसँगै व्याँसको निरीक्षणको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्ट लगायतको सहभागिता रहेको छ ।