सेती अस्पतालमा २ जनाको मृत्यु, ३५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा १३ जना निको भएर घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् ।
धनगढी पोष्ट
आइतबार, २३ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ का ७९ बर्षीय पुरुषको शनिबार साझ सवा ५ बजे र कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ की ७६ बर्षीय महिलाको शनिबार राति ९ बजे मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा ३ शय ३५ जनाको स्वाब परिक्षण गरिएकोमा धनगढी उपमहानगरपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका पालिकाहरुका ९ पुरुष र २ महिला गरि ११ जना रहेको सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिकए । कैलाली बाहेकका जिल्लाका १७ पुरुष र ६ महिला गरि २३ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा ३७ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । भर्ना भएका मध्य ३ जनाको भेन्टिलेटरमा, १३ जनाको आइसीयुमा उपचार भैरहेको छ भने २३ जनालाई अक्सिजन सपोर्ट भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १३ जना निको भएर घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् ।