धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
बादी समुदायको  सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोभन भट्टलाई ज्ञापन पत्र

माग सम्वोधन नगर्ने भए यौन व्यवसायको लाइसेन्स दिन बादी समुदायको माग

सरकार गम्भीर नभएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका वादी अधिकार सघर्ष समितिले  बुझाएका हुन्  ।

माग सम्वोधन नगर्ने भए यौन व्यवसायको लाइसेन्स दिन बादी समुदायको माग

धनगढी आफ्नो व्यवस्थापन गर्न वा  यौन व्यवसायको लाइसेन्स दिन माग गर्दै बादी समुदायले सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोभन भट्टलाई ज्ञापन पत्र बुझाएको

सरकारसँग बिगतमा भएका सहमति सम्वोधन गर्न नसक्ने भए परम्परागत रुपमा गर्दै आएको यौन व्यवसाय  गर्न दिनु पर्ने उनीहरुले मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपञमा माग गरिएको सहमति भएको दश बर्ष पुगे पनि सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन्

सरकार गम्भीर नभएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र सुदूरपश्चिम प्रदेशका वटै जिल्लाका वादी अधिकार सघर्ष समितिले  बुझाएका हुन् 

बादी समुदाय उत्थान विकास समाजका पूर्व कार्यकारी निर्देशक शिविराम रानावादीले सरकारले सहमति पुरा गर्न नसके पनि लाइसेन्स उपलब्ध गराई दिए जीविकोपार्जन गर्न सजिलो हुने बताए

कोरोना महामारीमा भएको लकडाउनमा आफूहरू भोक भोकै बसे पनि तिनै तहका सरकारले बेवास्ता गरेको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उमादेवी वादीले बताईन्

भरण पोषण सहित निःशुल्क शिक्षाको व्यवस्था गर्न, बादी समुदायका युवाहरूलाई समावेशीताका आधारमा भर्ना गर्न समेत उनले माग गरिन्  

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले वादी तथा दलित समुदायको मागमा आफू गम्भीर रहेको बताए वादी समुदायको स्तरोन्तीका लागी बजेटमा विशेष कार्यक्रम ल्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे