धनगढी पोष्ट
सोमबार, २४ जेठ २०७८ मा प्रकाशित
धनगढी नेकपा एमाले सुदुरपश्चिम प्रदेश सभा संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कुमारी बिक नियुक्त भएकी छन् । एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाहले बिकलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रमुख सचेतकमा नियुक्त गरिएका लाल बहादु खड्का सामाजिक बिकास मन्त्रीमा नियुक्त भएपछि बिकलाई प्रमुख सचेततको जिम्मेवारी दिइएको हो ।
सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।