धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रदेश सभाको कार्य सम्पादन परामर्श समितिबाट हटाइए तारा लामा तामाङ

एमाले संसदिय दलका नेता प्रकाश शाहले प्रदेश सभा सदस्य तामाङलाई कार्य सम्पादन परामर्श समितिको सदस्यबाट हटाएका हुन् ।

प्रदेश सभाको कार्य सम्पादन परामर्श समितिबाट हटाइए तारा लामा तामाङ

धनगढी सुदुरपश्चिम प्रदेश सभाको कार्यसम्पादन परामर्श समितिको सदस्यबाट नेकपा एमाले सुदुरपश्चिम प्रदेश संसदिय दलका सदस्य तारा लामा तामाङलाई हटाइएको

एमाले संसदिय दलका नेता प्रकाश शाहले प्रदेश सभा सदस्य तामाङलाई कार्य सम्पादन परामर्श समितिको सदस्यबाट हटाएका हुन् संसदिय दलका नेताले गरेको सिफारिशका आधारमा नै संसदिय समितिका सदस्यहरु छानिने गर्दछन्

प्रदेशसभा सचिवालयका सचिव राम सिंह धामीले तामाङको ठाउँमा दुर्गा बिकलाई कार्यसम्पादन परामर्श समितिको सदस्य बनाइएको बताए प्रमुख सचेतक बनाइएको लगत्तै  लाल बहादुर खड्का सामाजिक बिकास मन्त्री भएपछि बिकलाई  प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो

मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल पुनर्गठन गर्नु अघिल्लो दिन तामाङलाई प्रमुख सचेतकबाट हटाइएको  थियो तामाङ प्रदेश सभाको चुनाव भएको लगत्तैदेखि संसदिय दलका प्रमुख सचेतक रहेका थिए