धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा १३० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा अस्पतामा निको भएर ११ जना घर फर्किएका छन् भने  ७ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा १३० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती  प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा सोमबार १ शय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार  अस्पतालको प्रयोगशालामा २ शय ७९  जनाको स्वाब परिक्षण गरिएकोमा  सबे भन्दा बढी धनगढी उपमहानगरपालिकाका १ शय ३० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका धनगढीमा मध्य ३८ पुरुष र ३१ महिला रहेका छन् ।

त्यस्तै परिक्षणमा पुष्टि हुनेमा कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका  पालिकाहरुका पुरुष ३४ र महिला १५ गरि ४९ जना र कैलाली बाहेकका जिल्लाका  ८ पुरुष र ४ महिला  गरि १२ जना  रहेका छन् ।

सुचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा  ३२ जना कारोना संक्रमितको  उपचार भैरहेको छ । जसमध्य भेन्टिलेटरमा ३ जना, आइसीयुमा ९ जना र अक्सिजन सपोर्ट लगिरहेका २१ जना छन् ।

पछिल्लो २४ घण्टामा अस्पतामा निको भएर ११ जना घर फर्किएका छन् भने  ७ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।