धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिममा सोमबार ५ जनाको मृत्यु, २८३ जनामा कोरोना संक्रमण

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा २ जना, डोटी, डडेल्धुरा र बाजुरामा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुदुरपश्चिममा सोमबार ५ जनाको मृत्यु, २८३ जनामा कोरोना संक्रमण

धनगढी । सुदुरपश्चिम प्रदेशमा सोमबार कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ । प्रदेशमा गरिएको परिक्षणमा २ शय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा २ जना, डोटी, डडेल्धुरा र बाजुरामा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशभरि १ हजार ३ शय १६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९५ जनामा  र पीसीआर बिधिबाट ४ शय २८ जनाको परिक्षण गरिएकोमा १ शय ८८ संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा डडेल्धुरा अस्पतालमा २१ को परिक्षण गर्दा ८ जना, सेती अस्पतालमा २ शय ८३ जनाको परिक्षण गर्दा १ शय ३० जना, डोटी अस्पतालमा ५७ जनाको परिक्षण गर्दा १७ जनामा, कमलबजार अस्पतालमा २१ जनाको परिक्षण गर्दा ११ जनामा र महाकाली अस्पतालमा ४६ जनाो परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभरिमा सोमबार   ३ शय ४५ जना कोरोना निको भएको छ ।