मुख्यमन्त्रीको बिपक्षमा मतदानको ह्रवीप जारी गर्न संसदिय दलका नेतालाई एमाले सुदुरपश्चिमको निर्देशन
संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदानका लागि ह्विप जारी गर्न एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले निर्देशन सहित पत्र पठाएका हुन् ।
धनगढी पोष्ट
सोमबार, २४ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानको लागि ह्विप जारी गर्न नेकपा एमाले सुदुरपश्चिम कमिटीले संसदिय दलका नेतालाइृ निर्देशन दिएको छ । संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदानका लागि ह्विप जारी गर्न एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले निर्देशन सहित पत्र पठाएका हुन् ।
‘मुख्यमन्त्रीको बिपक्षमा मतदानका लागि ह्रवीप जारी गर्न पार्टीको निर्देशन गएको छ’सचिव रावलले भने– ‘पार्टीको निर्देशन कार्यान्वयन हुने आशा गरेका छौ ।’
सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सुभामा मंगलबार बिहान विश्वासको मत लिने कार्यक्रम छ ।
त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई पनि विपक्षमा मतदान गर्न निर्देशन दिँदै पत्र काटेको छ ।
एमाले स्थायी कमिटीले जेठ १० मा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर सुदुरपश्चिम संसदिय दलले सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको थियो । संसदिय दलको समर्थनको निर्णयपछि मुख्यमन्त्री भट्टले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए ।