धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

जनता समावादीका २ मत मुख्यमन्त्रीको बिपक्षमा  जाने

केन्द्रिय राजनीतिलाई हेरेर प्रदेशमा त्यसै अनुसार हाम्रा मत जान्छ ।

जनता समावादीका २ मत मुख्यमन्त्रीको बिपक्षमा  जाने

धनगढी । सुदुरपश्चिम प्रदेश सभामा जनता समाजवादीका प्रदेश सभा सदस्यहरुको मत मुख्यमन्त्री त्रिलोचन भट्टको बिपक्षमा जाने भएको छ ।

 ‘मत कता दिने भनेर कुनै निर्णय त भएको छैन । जसपाकी  प्रदेश सभा सदस्य मालमती रानाले भनिन् – ‘तर पनि केन्द्रिय राजनीतिलाई हेरेर प्रदेशमा त्यसै अनुसार हाम्रा मत जान्छ ।

केन्द्रमा  जनता समाजवादी पार्टीको महन्त ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा  सहभागी छ । सुदुरपश्चिम प्रदेश सभामा रहेका जसपाका दुवै सांसद ठाकुर÷ महतो पक्षका हुन् ।

केन्दको लाइन हेरेर प्रदेश सभा शुरु हुनु अघि आफुहरुले मतका बारेमा निर्णय गर्ने साँससद रानाले बताइन् ।