केन्द्रको निर्देशन अनुसार प्रदेश सभामा निर्णय गछौं : रावल
केन्दिय राजनीतिका बारेमा छलफलमा बसेका काँग्रेसका सभापति शेर बहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमालेमा संस्थापन इतर लाइनका नेता माधवकुमार नेपाल बालुवाटार स्थित देउवा निवासमा बसेर छलफल गरेका थिए ।
काँगे्रेस संसदिय दलका नेता डा. रण बहादुर रावल
धनगढी पोष्ट
सोमबार, २४ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यममन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत दिने कि नदिने भनेर नेपाली कांग्रेस संसदिय दलले केन्द्रिय निर्देशनका आधारमा निर्णय गर्ने भएको छ ।
‘हामी केन्द्रको निर्णयको प्रतिक्षा गरिरहेका छौं ।’काँगे्रेस संसदिय दलका नेता डा. रण बहादुर रावलले भने– ‘हामीले प्रदेशको अवस्थाको जानकारी पठाएका छौं । निर्णय आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।’
सोमबार साझ बसेको काँग्रेस संसदिय दलको बैठकले केन्द्रको निर्णय पर्खने र भोलि (मगलबार) बिहान बैठक बसेर टुंगो लगाउने निर्णय गरेको छ ।
केन्दिय राजनीतिका बारेमा छलफलमा बसेका काँग्रेसका सभापति शेर बहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमालेमा संस्थापन इतर लाइनका नेता माधवकुमार नेपाल बालुवाटार स्थित देउवा निवासमा बसेर छलफल रेका थिए ।
संसदिय दलका नेता रावलले केन्द्रिय समीकरण हेरेर पनि निर्देशन आउन सक्ने भन्दै प्रदेश सभाको बैठक अघि टुगो लगाइने बताए ।