धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

तारा लामा तामाङ केपी लाइनमा, मुख्यमन्त्रीको प्रस्ताव असफल पार्न सक्रिय

लामो समयदेखि एमाले पार्टी भित्रको माधव नेपाल खेमामा रहेका तामाङ केपी शर्मा ओलीको खेमामा सक्रिय बनेर  मुख्यमन्त्री भट्टको अविश्वासको प्रस्ताव असफल बनाउने अभियानमा लागेका हुन् ।

तारा लामा तामाङ केपी लाइनमा, मुख्यमन्त्रीको प्रस्ताव असफल पार्न सक्रिय
तारा लामा तामाङ

धनगढी ।   नेकपा एमालेका  सुदुरपश्चिम  प्रदेश सभा सदस्य तारा लामा तामाङ मुख्यमन्त्री त्रिलोचन भट्टको  बिश्वासको असफल पार्न सक्रिय बनेका छन् ।

लामो समयदेखि एमाले पार्टी भित्रको माधव नेपाल खेमामा रहेका तामाङ केपी शर्मा ओलीको खेमामा सक्रिय बनेर  मुख्यमन्त्री भट्टको अविश्वासको प्रस्ताव असफल बनाउने अभियानमा लागेका हुन् ।

एमाले कन्चनपुर जिल्लाका अध्यक्ष समेत रहेका तामाङ केही प्रदेश सभा सदस्य सहित केपी लाइनमा सक्रिय  बनेका हुन् ।

केपी लाइनमा सक्रिय बनेकै कारण तामाङ एमाले  संसदिय दलले मुख्यमन्त्री भट्टलाई समर्थन जारी राख्ने निर्णय गरेपछि केपी लाइनसमा सक्रिय बनेका हुन् ।

लाइन परिवर्तन गरेपछि तामाङलाई  संसदिय दलको प्रमुख  सचेतक र प्रदेश सभा कार्य व्यवस्थापन समितिको समितिको सदस्यबाट संसदिय दलका नेता प्रकाश शाहले हटाइसकेका छन् ।