धनगढी पोष्ट
मङ्गलबार, २५ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा आज (मंगलबार) भएको मतदानमा मुख्यमन्त्री भट्टले माओवादी र माधव नेपाल पक्षीय एमालेको गरेर ३० मत प्राप्त गरेका छन् ।
प्रस्तावको विपक्षमा ९ भोट खसको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा मतदान गरेका हुन् । कांग्रेसले मतदानमा भाग लिएन ।
सभामुख अर्जुनबहादुर थापाका अनुसार १२ जनाले मतदानमा सहभागी भएनन् । बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए