धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

केपी पक्षका सात जनालाई एमाले संसदिय दलले सोध्यो स्पष्टीकरण

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रका शबहादुर शाहले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

केपी पक्षका सात जनालाई एमाले संसदिय दलले सोध्यो स्पष्टीकरण

धनगढी   सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको बिपक्षमा मतदान गर्ने सात जनालाई नेकपा एमाले सुदुरपश्चिम प्रदेश सभा संसदिय दलले स्पष्टीकरण सोधेको

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रका शबहादुर शाहले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्

उनीहरुलाई स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत  दिइएको

स्पष्टीकरण सोधिनेहरुमा केपी ओली पक्षका प्रदेश सभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी बलदेव रेग्मी रहेका छन्

एमाले संसदिय  दलको आज (मंगलबार ) बसेको बैठकले मुख्यमन्त्री भट्टलाई बिश्वासको मत दिने निर्णय गरेको थियो संसदिय दलको निर्णय पार्टीको निर्णय भन्दा फरक भएको भन्दै केपी पक्षका सात जनाले  मुख्यमन्त्रीको बिश्वासको बिपक्षमा मतदान गरेका थिए

 एमाले स्थायी कमिटीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकोले बिपक्षमा मतदान गर्नु पर्ने भन्दै केपी पक्षकाहरुले बिपक्षमा मतदान गरेका थिए