सेती अस्पतालमा बुधबार १ जनाको मृत्यु ७४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १७ जना निको भएर घर गएका छन् भने ८ जना भर्ना भएका छन् ।
धनगढी पोष्ट
बुधबार, २६ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीम बुधबार कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । अस्पतालमा गरिएको परिक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ का ५८ बर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको छ ।
अस्पतालमा गरिएको १ शय ७९ जनाको स्वाब परिक्षणमा कैलालीका ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १६ पुरुष र ३ महिला गरि १९ जना, कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका पालिकाहरुका पुरुष १४ र ३ महिला गरि १७ जना रहेका छन् ।
अस्पतालमा २७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । अस्पतालमा भएका मध्य ३ जनाको भेन्टिलेटरमा, ९ जनाको आइसीयुमा र १४ जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १७ जना निको भएर घर गएका छन् भने ८ जना भर्ना भएका छन् ।