धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

पार्टीको निर्देशन अनुसार मुख्यमन्त्री बिरुद्ध मतदान गरेको केपी पक्षका सांसदहरुको जवाफ

स्पष्टीकरण सोधिने सबै  केपी ओली पक्षका हुन् । सुदुरपश्चिम प्रदेश सभाको संसदिय दलमा माधव नेपाल समुहको बहुमत छ ।

पार्टीको निर्देशन अनुसार मुख्यमन्त्री बिरुद्ध मतदान गरेको केपी पक्षका सांसदहरुको जवाफ

धनगढी । पार्टीको निर्देशन अनुसार नै सुदुरपश्चिमका मुख्यमन्त्री  त्रिलोचन भट्ट विरुद्ध आफुहरुले मतदान गरेको जवाफ नेकपा एमालेको केपी ओली पक्षका प्रदेश सभा सदस्यहरुले  एमाले संसदिय दललाई दिएका छन् ।

संसदीय दलका नेता प्रकाश बहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिंदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्रीविरुद्ध  मतदान गरेको बताएका हुन्  ।

मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्वीपको पालना गरी मैले पार्टी विधि, विधान, सिद्धान्त र निर्णय अनुसार नै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारविरुद्ध मतदान गरेको व्यहोरा जानकारी गराउन चाहन्छु एमाले संसदिय दलका नेता प्रकाश शाहलाई बुझाइएको स्पष्टीकरण  भनिएको छ  । 

प्रदेश सभामा मुख्यमन्त्रीको बिश्वासको मत नदिने एमालेका केपी पक्षा साथ प्रदेश सभा सहस्यहरुलाई  संसदिय दलका नेता प्रकाश शाहले हिजो (मंगलबार) २४ घण्टे स्पष्टीकरण सोधेका थिए । 

स्पष्टीकरण सोधिने सबै  केपी ओली पक्षका हुन् । सुदुरपश्चिम प्रदेश सभाको संसदिय दलमा माधव नेपाल समुहको बहुमत छ ।  

स्पष्टीकरण पत्रमा प्रदेश  प्रदेश सभा सदस्यहरुले  संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने समेत दावी गरेका छन् ।

स्पष्टीकरणको  जवाफ दिनेमा प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी रहेका छन् ।