धनगढी पोष्ट
सोमबार, ०८ असार २०७७ मा प्रकाशित
धनगढी
सुदुरपश्चिममा अहिलेसम्म सबै भन्दा बढी २० देखि २९ बर्ष उमेर समुहका ४ शय २६ जना कोरोनाबाट संक्रमित भएका छन् । सो उमेर समुहका प्रभावितहरुको संख्या प्रदेशभरि कोरोना संक्रमितको जम्मा संख्याको ४७ प्रतिशत हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशमा १ हजार ७ जनामा कोराना संक्रमण भएको छ ।
त्यसपछि ३० देखि ३९ बर्ष उमेर समुहका व्यक्तिहरु बढी प्रभावित भएका छन् । सो उमेर समुहका २ शय २८ जना कोरोना संक्रमणमा परेका छन् जुन प्रदेशको जम्मा कोरोना संक्रमित संख्याको २२ .६ प्रतिशत हो ।
तेश्रो बढी संख्या संक्रमित समुह १० देखि १९ बर्ष उमेर समुह हो । स्वास्थ्य निर्देशनालयका अनुसार यस उमेर समुहका १ शय २१ जनामा कोरोना संक्रमण भएको छ जुन जम्मा कोरोना संक्रमितको १२ प्रतिशत हो ।
सुदुरपश्चिम प्रदेशमा ४० देखि ४९ बर्ष उमेर समहुहका ८५ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार ९ बर्षसम्मका ४५ जना, ५० देखि ५० बर्ष समुहका ३६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै ६० देखि ६९ बर्ष उमेर समुहका ११ जना र ७० देखि ७९ बर्ष उमेर समुहका ५ जनामा कोरोना सक्रमण भएको छ ।