धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, बनमन्त्रीमा नारदमुनि राना र बन राज्यमन्त्रीमा आशा बिक

सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन् । उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने छ।

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, बनमन्त्रीमा नारदमुनि राना र बन राज्यमन्त्रीमा आशा बिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्ने तयारी गरेको मन्त्रिपरिषद्मा सुदुरपश्चिमका  दुई जना समेटिने भएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनि राना र बझाङकी समानुपातिक सांसद  आशा बिक  बिस्तार हुन लागेको मन्त्रीपरिषदमा थपि लागेका हुन् ।  राना बन तथा वातावाण मन्त्रीको जिम्मेवारी पाउन लागेका हुन् । आशाले बन राज्यमन्त्रीको जिम्मेवारी पाउन लागेको चर्चा छ ।

 यसअघि बन तथा वातावरण मन्त्री डोटीका प्रतिनिधि सभा सदस्य प्रेम आले रहेक थिए । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई समेटेर बनाएको मन्त्रीपरिषदमा आले समेटिएका थिएनन् ।

एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन् । उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन्। यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ । वन राज्य मन्त्रीमा आशा विकको चर्चा छ ।

रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन् ।