धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

भारतले बिष्फोट  गराउँद  नेपाली सडक अवरुद्ध

भारतीय बिष्फोटका कारण प्रदेश सरकार  र स्थानीय पालिकाको  लगानीमा निर्माण गरिएको घोरेटो बाटो पुर्ण रूपमा भत्किएको छ ।

भारतले बिष्फोट  गराउँद  नेपाली सडक अवरुद्ध

दार्चुला ।  भारत सरकारले धार्चुला कैलाश मानसरोवर सडक खण्ड स्तरोन्नतिका क्रममा प्रयोग गरेको विस्फोटक पदार्थका कारण नेपाली बाटो अवरुद्ध भएको छ । ।

सडक बिस्तारका क्रममा  भारतले मंगबलबार विस्फोट गराउँदा दार्चुलाको तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले बताए । व्यास गाउँपालिका२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रमम बिफोट गराएको थियो ।

भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो ।

भारतीय बिष्फोटका कारण प्रदेश सरकार  र स्थानीय पालिकाको  लगानीमा निर्माण गरिएको घोरेटो बाटो पुर्ण रूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पुर्ण रूपमा बन्द भएको बुढाथोकीले बताए । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ ।

  प्रहरी चौकी दुम्लीङबाट करिब २ शय मीटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पुरै अवरुद्ध भएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँ ठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।