धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

शाहलाई एमाले संसदिय दलको नेता नमान्न सभामुखलाई एमालेको आग्रह

संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारवाही वैधानिक नहुने पत्रमा दावी गरिएको  छ ।

शाहलाई एमाले संसदिय दलको नेता नमान्न सभामुखलाई एमालेको आग्रह

धनगढी सुदुरपश्चिम प्रदेश सभामा एमाले संसदिय दलको नेताको हैसियतमा प्रकाश बहादुर शाहबाट हुने काम, कारवाही स्वीकार नगर्न नेकपा एमालेले सभामुखलाई आग्रह गरेको

पार्टी विरोधी राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेकाले शाहमाथि कारवाही प्रक्रिया थालिसकेको जानकारी गराउँदै उनको काम कारबाही स्वीकार नगर्न एमाले प्रदेश अध्यक्ष कर्ण बहादुर थापा सचिव राजेन्द्र रावलले सभामुम अजुृृन बहदुर थापालाई लेखेको पत्रमा आग्रह गरेका छन्

संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारवाही वैधानिक नहुने पत्रमा दावी गरिएको 

पार्टीद्वारा अनुमोदित नै नभएको संसदीय दलको विधान २०७८ अनुसार गरिएका कुनै पनि  काम कारवाहीहरुको वैधानिकता नै नरहेकाले निजले कुनै पनि काम कारवाही गर्न नपाउने निजबाट भए, गरेका काम कारवाहीहरुको वैधता नरहने भएकोले माननीय सभामुखज्यूबाट निजबाट सम्प्रेषित कुनै पनि पत्राचारहरु वा संसदीय दलको नेताको हैसियतामा जारी गरिएका पत्राचार, काम कारवाहीहरु स्वीकार नगर्न सादर अनुरोध पत्रमा लेखिएको