धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदुरपश्चिम सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बढिमा १० जना मात्रै मन्त्री बनाउन पाइने दावी छ ।

सुदुरपश्चिम सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता

 

धनगढी संवैधानिक प्रावधान विपरित सरकार पुनर्गठन गरिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको कानून व्यवसायी कानूनका विद्यार्थीले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइएको

रिटमा कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढि नहुने गरि प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान विपरित ११ जना मन्त्री बनाइएकोले रिट दर्ता गरिएको रिटकर्ता कमलसिंह रानाले बताए रानका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा  नियुक्त गरेको ११ जना  २० प्रतिशत भन्दा बढी भएको दावी गरिएको

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बढिमा १० जना मात्रै मन्त्री बनाउन पाइने उनको दावी

संविधानको धारा १६८ को ९९० विरुद्ध भएको मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण कार्य बदर गरि पाउँ भन्दै रिट दायर गरिएको उनले बताए रिट निवेदन दिनेहरुमा रानासहित कानुनका विद्यार्थी सुरेश रोकाया अधिवक्ता अपेक्षा निरौला रहेका छन्